पिएन गेट अगाडी अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच मुडभेड (तस्वीरहरु)
पाेखरा | असोज ५, २०७९
पोखरा : पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज साँझ दुई विद्यार्थी संगठनबीच झडप हुँदा एकजना विद्यार्थी नेता घाइते भएका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच क्याम्पस गेट अगाडी झडप हुँदा क्रान्तिकारी विद्यार्थीका किरण खड्का घाइते भएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो । सोही समयमा समयमा अनेरास्ववियु पक्षले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको अखिल क्रान्तिकारीको आरोप छ ।
अखिल क्रान्तिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको थियो । त्यस्को प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेका थिए । नागरिकता विधेयकको विषयमा दुई विद्यार्थी संगठनबीच मुडभेड भएको कास्की प्रहरीले जनाएको छ ।
सुनगाभा न्यूजको लेन्सबाट हेरौं तस्बिरहरुः





गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

